Logo
Logo

भोलिदेखि सरकारी अस्पतालबाट मात्रै कोभिडको निःशुल्क उपचार हुने


दृष्टि संवाददाता

1.3k
Shares

काठमाडाैं । सरकारले कोभिड संक्रमितको निःशुल्क उपचारका लगि सम्झौता गरेका मेडिकल कलेजहरुलाई  कोभिड अस्पतालको सूचीबाट हटाएको छ ।

सम्झौता गरिएका मेडिकल कलेजहरुलाई आजसम्म भर्ना भएकाहरुको आजकै मितिले १० दिनसम्मको सोधभर्ना रकम उपलब्ध गराइने गर्दै सरकारले भाेलिदेखि सरकारी अस्पतालबाट मात्रै कोभिडको निःशुल्क उपचार हुने जनाएकाे छ ।

भोलिदेखि भर्ना भएका कोभिड संक्रमितको उपचार गरेबापतको सोधभर्ना रकम उपलब्ध नगराइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको ।

प्रतिक्रिया दिनुहोस्