Logo
Logo

निषेधाज्ञाकै बीचमा ६ जिल्लाका सिडिओको सरुवा


दृष्टि संवाददाता

19.5k
Shares


काठमाडौं । निषेधाज्ञाकै बीचमा गृह मन्त्रालयले ६ जिल्लाका सिडिओ सरुवा गरेको छ । सर्लाही, धनकुटा, कञ्चनपुर जुम्ला, मुस्ताङ, रुकुम पूर्वलगायत जिल्लाका सिडिओको सरुवा भएको हो ।


धनकुटामा उपसचिव कृष्ण पन्तलाई कामु सिडिओमा सरुवा गरिएको छ भने राम पाण्डेलाई कञ्चनपुर पठाइएको छ । कञ्चनपुरका रामकुमार महतोलाई सर्लाहीको सिडिओमा पठाइएको छ । जुम्लामा उपसचिव विजया प्रसाई तथा पश्चिम रुकुममा केन्द्रीय कारागारका जेलर लक्ष्मी प्रसाद बाँस्कोटाको सरुवा भएको छ । त्यस्तै मुस्ताङमा श्रीनाथ पौडेलको सरुवा भएको छ ।
सर्लाहीका सिडिओ हेमराज तामाङ र धनकुटाका वासुदेव दाहालको गृह मन्त्रालयमा सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस्