काठमाडौं । वरिष्ठ अधिवक्ता सुशील पन्तले राष्ट्रपतिलाई मुद्दा नलाग्ने जिकिर गरेका छन् । बुधबार प्रतिनिधिसभा विघटन मुद्धामा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट बहस गर्दै उनले भने, ‘विद्यादेवी भण्डारीलाई ‘तिमी को हौ ?’ भन्न नमिल्ने जिकिर गरे ।
निवेदकको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता शम्भु थापालाई जवाफमा उनले भने, ‘कार्यालयलाई विपक्षी बनाएर मुद्दा ल्याउने, अनि राष्ट्रपतिलाई हु आर यू भन्ने ?’ यसअघि ९ जेठमा वरिष्ठ अधिवक्ता थापाले बहुमत सदस्यको हस्ताक्षरसहित शेरबहादुर देउवाले प्रधानमन्त्रीमा गरेको दावीमा अस्वीकार गर्ने राष्ट्रपतिलाई प्रश्न गर्दै भनेका थिए, ‘हु आर यु ?’
धारा ७६ (५)ले भनेको आधार भनेको कसैले ‘आकाश थामिदिन्छु मैले भनेपछि पत्याउनुपर्छ’ पन्तको भनाई थियो । ‘धारा ७६ (५) निर्दलीय हुन्छ भनेर मात्रै हुने कुरा होर, त्यहाँ लेख्नुपर्दैन । धारा ७६(५) मा निर्दलीय हुन्छ भनेर लेखेको छ र ?’ उनले प्रश्न गरे ।