Logo
Logo

प्रभु शाहका दुःख- सर्वोच्चले मन्त्री खोस्यो, एमालेले स्थायी कमिटीमा पत्याएन


दृष्टि संवाददाता

36.2k
Shares

काठमाडौं । नेकपा एमालेले नेकपा माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका नेतालाई समेटेर स्थायी कमिटी विस्तार गरेको छ । तर, यसपटक पनि नेता प्रभु शाह भने स्थायी कमिटीमा अटाउन सकेनन् ।

आज बसेको १०औं महाधिवेशन कमिटीको अन्तिम बैठकले रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणी थापालाई स्थायी कमिटी सदस्य बनाएको छ । एमालेले स्थायी कमिटीमा पूर्व माओवादीबाट चार, एमाले ओली समूहबाट दुई र माधवकुमार नेपाल समूहबाट २ जना सदस्य थपेको थियो ।

यस अगाडि बैशाख १० गते शुक्रबार बसेको महाधिवेशन आयोजक कमिटी बैठकले १९ सदस्यीय स्थायी कमिटी विस्तार गर्दा पनि पूर्व माओवादीका चार नेतालाई स्थायी कमिटीमा समावेश गरेको एमालेले शाहलाई छुटाएको थियो

तर, सर्वोच्च अदालतले एमालेको १०औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरेपछि पुरानै केन्द्रीय कमिटीमा फर्कदा थप गरेको स्थायी कमिटीमा समेत शाह नअटाएका हुन् ।

शाहले ओली नेतृत्वकै सरकारमा शहरी बिकासमन्त्री भएर काम गरेका थिए । दल परित्याग गरेका कारण सांसद पद खोसिएपछि मन्त्रीबाट बिदा भएका शाहलाई प्रधानमन्त्री ओलीले पुनः मन्त्री नियुक्त गरेका थिए । तर, सर्वोच्चले सांसद नभएकालाई मन्त्री बनाउन नमिल्ने फैसला गरेपछि शाहको मन्त्री पद खोसिएको थियो ।

एमाले–माओवादी एकतापूर्व शाह माओवादीको कार्यालय सदस्य थिए । मधेशमा राम्रो पकड भएका शाह भने एमालेको स्थायी कमिटीमा नअटाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्