Logo
Logo

माधव पक्षले बाेलायाे स्थायी समिति बैठक


दृष्टि संवाददाता

5.2k
Shares

काठमाडाैं । एमालेको माधव पक्षले बिहीबार स्थायी समिति बैठक बोलाएको छ । केपी ओली पक्षले केन्द्रीय कमिटी विस्तार गरेपछि माधव पक्षले आफ्नो समूहको बैठक बसेर छलफल गर्ने भएकाे हाे ।

अध्यक्ष ओलीले बुधबार महाधिवेशन आयोजक कमिटीको बैठक राखेर जेठ २ को पार्टी संरचनामा असार १८ मा केन्द्रीय कमिटी बैठक बोलाउने तथा नेताहरूमाथि गरेको कारवाही खारेज गर्ने घोषण गरेपछि माधव समुहले आफ्नो पक्षको स्थायी समिति बैठक बोलाएको हो ।

बुधबार बालुवाटारमा बसेको बैठकले आठ जना नेतालाई स्थायी समिति सदस्यमा मनोनयन गर्ने समेत निर्णय गरेपछि अध्यक्ष ओली जेठ २ मा फर्कने भनेर प्रचार गरेपनि व्यवहारमा त्यस्तो नदेखिएको माधव पक्षकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्