Logo
Logo

सशस्त्रका १०६ पदमा बढुवा प्रक्रिया सुरु, डिआइजी बढुवाको सूचना प्रकाशन


दृष्टि संवाददाता

362.6k
Shares


काठमाडौं । बिनाकारण महिनौं रोकिएको सशस्त्र प्रहरी बलको बरिष्ठ अधिकृतहरुको बढुवा प्रक्रिया सुरु भएको छ । सशस्त्रमा डिएसपीदेखि डिआइजीसम्म एक सय ६ पद रिक्त छन् ।


बुधबार सशस्त्र प्रहरी मुख्यालयले डिआइजी पदमा बढुवा प्रक्रिया सुरु गरेको छ । प्रशासन विभागका एआईजी रामशरण पौडेलद्वारा जारी सूचनामा तीन दिनभित्र सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूलाई आफूले प्राप्त गरेको शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रको प्रतिलिपि बुझाउन सूचना प्रकाशन गरिएको छ । सशस्त्रमा हाल डिआइजीका तीन पद रिक्त छन् ।
बढुवामा कालीदास धौबजी, कुमार न्यौपाने, बिदुर खड्का, भेषबहादुर शाह, प्रदीपकुमार पाल, लक्ष्मणबहादुर सिंह र कृष्णराज पाठक लगायत प्रतिस्पर्धामा छन् । उनीहरुमधये धौबजी र न्यौपाने नेपाल प्रहरीमा प्राबिधिक सइ पदबाट भर्ना भएका थिए ।
विगतमा सइमा भर्ना भएका डिआइजी हुने अवस्था आउँदा सशस्त्र प्रहरीमा इन्सपेक्टरमा भर्ना भएकाहरु भने १६ वर्षदेखि बढुवा हुन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्