Logo
Logo

मौसम पूर्वानुमानः आज चट्याङसहित भारी बर्षाको सम्भावना


दृष्टि संवाददाता

693
Shares

काठमाडौं । आज देशभर मनसुनी वायुको सक्रिय रहने भएकाले देशका धेरै भूभागमा भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमान रहेको छ ।

महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, प्रदेश २ ,बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा मध्यमदेखि भारी वर्षा भई बाँकी प्रदेशका एकरदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ र

शुक्रबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षा तथा एक दुइ स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ । महाशाखाले आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने र प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

यस्तै, प्रदेश १,प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारी भारी वर्षा र एक दुइ स्थानमा अति भारी बर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्