Logo
Logo

ओलीले मानेनन् माधव पक्षको आग्रह


दृष्टि संवाददाता

4k
Shares

काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता माधव नेपाल पक्षका नेताहरूले केन्द्रीय कमिटीको बैठक रोक्न आग्रह गरेका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई भेटेर बैठक रोकेर सहमतिको प्रयास गर्न आग्रह गरेका हुन् ।

सो आग्रहको जवाफमा अध्यक्ष ओलीले आफूनिकट नेताहरूसँग सल्लाह गर्ने बताएको माधव पक्षीय एक नेताले बताए । तर, ओलीले नेपाल पक्षका नेताहरूसँग छलफललगत्तै केन्द्रीय कमिटीको बैठक सुरू गरेका थिए ।

प्रधानमन्त्री ओलीलाई भेट्न नेपाल पक्षीय नेताहरू सचिव गोकर्ण विष्ट, भीम आचार्य र सुरेन्द्र पाण्डे बालुवाटार पुगेका थिए ।
आजको केन्द्रीय कमिटी बैठकमा नेपाल पक्षीय नेता सहभागी छैनन् । विष्ट, आचार्य र पाण्डेले सहमतिबिना बोलाइएको बैठकमा आफूहरू सहभागी नहुने भन्दै त्यहाँबाट फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्