काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब खोप अभियान नै चल्ने बताएका छन् । शुक्रबार एमाले केन्द्रीय समिति बैठकमा कोभिडविरुद्धको खोपमा चिन्तै नलिनु बताएका प्रधानमन्त्री ओलीले आज पुनः दोहोर्याउँदै भने, ‘अब भ्याक्सिन लगातार आउनेछ, भ्याक्सिनको क्याम्पियन नै चल्नेछ ।’
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले केही समय खोप पाउन समस्या भएपनि मित्रराष्ट्रहरुसँगको संवादका कारण खोपमा देखिएको समस्या समाधान भएको दावी गरे ।
कोरोना भाइरस विरुद्धको खोप लगातार आउने बताउँदै सरकार भ्याक्सिन पाइएन भन्ने स्थितिबाट अगाडि बढेको बताए । ‘बीचमा हामीलाई भ्याक्सिन पाउन कठिन भएको थियो, विभिन्न मित्रराष्ट्रसँग संवाद गरेर त्यसलाई समाधान गरेका छौं’ उनको भनाइ छ ।
उनले कोरोना भाइरसबाट जोगिन विगतमा मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र हात धुने जस्ता उपाय रहेकामा अब खोपमार्फत कोरोना सर्न नपाउने स्थितिमा पु¥याउने बताए ।