Logo
Logo

एमाले बैठकमा उठ्यो संघीयता ‘रिभिजिट’ गर्ने विषय


दृष्टि संवाददाता

504
Shares

काठमाडौं । एमालेको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य तथा युवा नेता महेश बस्नेतले संघीयता, धर्मनिरपेक्षता र शासकीय स्वरूपबारे नयाँ बहस थाल्नुपर्ने माग गरे ।

बस्नेतले संघीयताबारे समीक्षा हुनुपर्ने, मुलुकको विशिष्ट पहिचान घोषणा गर्नुपर्ने तथा धर्म निरपेक्ष विषयमा नयाँ बहस थाल्नुपर्ने प्रस्ताव गरेका हुन् ।

नेता बस्नेतले शासकीय स्वरूपमा समेत परिवर्तन गरी प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाउनुपर्ने, एकै व्यक्ति दुई कार्यकाल बढी प्रधानमन्त्री हुन नपाउने, पार्टी र राज्यका राजकीय तथा शासकीय स्थानमा युवाहरूको ४० प्रतिशत सहभागिता रहनुपर्ने तथा पार्टीको महाधिवेशनको राजनीतिक प्रतिवेदन र विधान अनि चुनावको घोषणापत्रमा यी विषय समेट्नुपर्ने माग गरेका थिए ।, यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्