Logo
Logo

ललितपुरमा डकैतीका लागि हत्या


दृष्टि संवाददाता

2k
Shares


काठमाडौँ । ललितपुरको सानेपास्थित गुसिटोलमा बस्दै आएका एक भारतीय नागरिकको हत्या भएको छ। डकैतीका लागि उनको हत्या भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।


५९ वर्षीय सत्य नारायण पारिखको हत्या भएको हो । आफू सुत्ने कोठामा घोप्टो परेर लडिरहेको अवस्थामा आइतबार बिहान उनी भेटिएका थिए । उनको टाउकोमा गम्भीर चोट लागेको छ । दराजहरु अस्तव्यस्त अवस्थामा भएकाले डकैती भएको प्रहरी आँकलन छ ।
सो घरमा काम गर्ने एक महिलाले ढोका नखुलेपछि प्रहरीलाई खबर गरेकी थिइन् । घरमा अन्य व्यक्ति बस्दैन थिए । घटनाको विषयमा सुक्ष्म रुपमा अनुसन्धान थालिएको ललितपुरमा एसएसपी किरण बज्राचार्यले बताइन् ।

प्रतिक्रिया दिनुहोस्