Logo
Logo

निषेधाज्ञा केही खुकुलो, अझै थुप्रै क्षेत्र खुल्न बाँकी


दृष्टि संवाददाता

1.8k
Shares

काठमाडौं । काठमाडौं जिल्ला प्रशासनले निषेधाज्ञा थप खुकुलो बनाएका छन् । अधिकांश प्रावधान हटाउँदै काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको निषेधाज्ञालाई खुकुलो बनाएका हुन् ।

प्रशासनले यातायातमा लगाइएको जोर–विजोर प्रणाली पनि हटाएको छ । प्रशासनले सबै प्रकारका सभा–सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, स्वीमिङ पुल, खेलस्थललगायतका भिड हुने क्षेत्रमा रोक कायमै राखेको छ । खुला स्थानमा मानिसको भेला, जम्मा हुन, सभा जुलुस र जात्रा महोत्सव गर्न अझै रोक लगाइएको छ ।

पुजारीबाट हुने पूजाबाहेकका धार्मिक गतिविधिमा पनि रोक लगाइएको छ । भौतिक उपस्थितिको पठनपाठनमा अझै रोक लगाइएको छ । स्थानीय ढुवानीका गाडी ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइने भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्