Logo
Logo

बागमती प्रदेशको प्रदेशसभा बैठक स्थगित


दृष्टि संवाददाता

1k
Shares

हेटाैँडा । बागमती प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ। आइतबार दिउँसो ३ बजे बस्ने भनिएको बैठक दलीय सहमति नभएको भन्दै स्थगित गरिएको हो।

यसअघि बिहान ११ बजेका लागि आह्वान गरिएको प्रदेशसभा बैठक दलहरुबीच बैठक सञ्चालनबारे सहमति नजुट्दा दिउँसो ३ बजेसम्मका लागि सारिएको थियो।

अब भोलि सोमबार दिउँसो १ बजेको लागि बैठक बोलाइएको प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए। उनले सरकारपक्ष र प्रतिपक्षको सहमतिमा भोलिसम्मको लागि संसद बैठक स्थगित भएको बताए।

 प्रदेश सरकारले असन्तुलित ढंगले गुटगत बजेट ल्याएको भन्दै सत्तापक्ष र प्रतिपक्षले सरकारको विरोध गर्दै आएका छन्। बजेट प्रति असन्तुष्टि जनाउदै प्रतिपक्षी दलहरुले शनिबारको बैठक अवरुद्व गरेपछि प्रदेश सरकार सहमति जुटाउने प्रयासमा लागेको छ।

प्रतिक्रिया दिनुहोस्