Logo
Logo

डिआइजीसहितका केही अधिकृतलाई सचेत


दृष्टि संवाददाता

359.7k
Shares

काठमाडौं । संगठनको नीति तथा निर्देशन नमानेको भन्दै सशस्त्र प्रहरी मुख्यालयले डिआइजीसहितका केही अधिकृतलाई सचेत गराएको छ । सीमा जस्तो संवेदनशील विषयमा मुख्यालयको अनुमति बिना बोलेको आरोपमा सचेत गराएको हो ।

२ नम्बर प्रदेश स्थित छिन्न्मस्ता बाहिनीका बाहिनीपति डिआजी चन्द्र प्रकाश गौतमले सीमासम्बन्धि गोप्य सुचना सार्वजनिक गरेको आरोप छ । २ नम्बर प्रदेशका बारा, पर्सा, धनुषा लगायता जिल्लाका ८ सय धेरै सीमास्तम्भ हराएको , भारतीयले सिमा मिचेको जस्ता संबेदनसिल बिषयमा मिडियामा बोलेको विषयमा सशस्त्र मुख्यालयले छानबिन समेत थालेको छ । अन्तर्राष्ट्रिय सम्बन्ध जोडिने विषयमा बोल्न सुरक्षाकर्मीलाई निषेध छ । डिआइजी गौतम पछिल्लो समय काम भन्दा प्रचारमा लागेको आरोप लागेको छ ।

केहि दिन अघि ३१ नम्बर गण बर्दियाका एसपी नरबहादुर रावत पनि सीमा सम्बन्धि बिषयमा बोल्दा विवादमा परेका थिए । सीमास्तम्भ हराएको, मर्मत गर्नु पर्ने जस्ता बिषयमा मुख्यालयको निर्देशन र नितिको अवज्ञा गर्दै सार्वजनिक रुपमा बोलेका थिए ।

मनाङका गुल्मपति होमनाथ पन्थी पनि अनावश्यक प्रचारमा लाग्दा विवादमा तानिएका छन् । विपद्को समयमा गुल्मले राम्रो काम गरेपनि त्यसको धेरै प्रचार प्रसार गरेकोमा पन्थीको आलोचना भएको छ । यसअघि ५ नम्बर प्रदेशका डिआइजी किशोर प्रधान पनि संगठनको नीतिविपरीत प्रचार प्रसारको कारण विवादमा तानिएका थिए ।

प्रतिक्रिया दिनुहोस्