काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव खगराज बरालले राजीनामा दिएका छन् । अर्काे नियुक्तिका लागि उनले राजीनामा दिएका हुन् ।
उनलाई सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)को अध्यक्षमा नियुक्त गरेको छ । सचिव बराल यसअघि सिसिएमसीको प्रमुखको रपमा समेत काम गरेका थिए । उनको राजीनामासँगै प्रशासनतर्फ सचिवको ६ दरबन्दी रिक्त भएका छन् ।