Logo
Logo

एनओसीद्वारा खेलकुद इतिहास समेटिएको वेबसाइट सुरु


दृष्टि संवाददाता

0
Shares

काठमाडाैं । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले ओलम्पिक सोलिडारिटीअन्तर्गत खेलकुदको इतिहास समेटिएको वेबसाइट सुरु गरेको छ।

एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले मंगलबार एक कार्यक्रमका बीच नेपाली खेलकुद इतिहासका विविध पक्ष समेटिएको ‘स्पोर्ट्स नेपाल डट ओआरजी’ वेब साइटको उद्घाटन गरेका छन्।

नेपाली खेलकुदको डिजिटल अभिलेखिकृत प्रोजेक्ट (२०२०–२०२१) को पहिलो चरणमा नेपाली खेलकुदको इतिहाससँग जोडिएका सामग्रीको संकलन र अभिलेखीकरण सुरु भएको हो।

यसका लागि सोलिडारिटी कार्यक्रमबाट १५ हजार डलर प्राप्त भएको थियो।

प्रतिक्रिया दिनुहोस्