काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को विवाद समाधान गर्न निर्वाचन आयोगले पाँच सदस्यीय इजलास गठन गरेको छ । बुधबार जसपाका नेताहरु र आयोगका प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा बसेको बैठकले इजलास गठन गरेको हो ।
उक्त इजलासकाले सुनुवाइका लागि आगामी ३ साउनमा दुवै पक्षलाई बोलाएको छ । यदि कानुन व्यवसायी राख्ने भए साथै ल्याउन भनिएको छ । जसपाको उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार पार्टीको आधिकारिता विवाद टुंग्याउन माग गर्दै आयोगका निवेदन दिएको थियो ।
अर्का अध्यक्ष महन्थ ठाकुर पक्षलेले पनि आफ्नो पक्षलाई आधिकारिता दावी गर्दै आयोगमा निवेदन दिएका थिए । ऐनअनुसार दुवै पक्षलाई बोलाएर सहमति जुटाउने प्रयास असफल भएपछि सुनुवाइ प्रक्रिया थालिएको आयोगले जनाएको छ ।