Logo
Logo

निरन्तर घट्दै शेयर बजार


दृष्टि संवाददाता

1.1k
Shares

काठमाडाैं । सेयर बजार आज दोहोरो अंकले घटेको छ। बजार परिसूचक नेप्से १६ दशमलव ९७ अंकले र सेन्सिटिभ सूचक १ दशमलव ५० अंकले ओरालो लागेको हो। आजको कारोबारमा २ सय २२ कम्पनी सामेल भएका छन्।

बुधबार कारोबारमा आएका १३ उपसमूहमध्ये २ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ११ उपसमूहको सूचक सकारात्मक देखिएको छ। बुधबार हाइड्रोपावर उपसमूहको सूचक सबैभन्दा धेरै २.१६ प्रतिशतले घटेको छ।

यस दिन सिभिल लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ३ दशमलव १६ प्रतिशतले बढेको छ भने सामुदायीक लघुवित्तको २ दशमलव ८४ प्रतिशत, साधना लघुवित्तको २ दशमलव ५९ प्रतिशत, कालिका माइक्रोको २दशमलव ३३ प्रतिशत र नारायणि डेभलपमेन्ट बैंकको २ दशमलव १५ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्