Logo
Logo

बाढीपहिराेबाट हालसम्म ४४ जनाकाे मृत्यु, ६० घाइते


दृष्टि संवाददाता

0
Shares

काठमाडाैं । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि बुधबार दिउँसोसम्म ४४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २४ जना पुरुष, १३ जना महिला, ४ जना बालक र ३ जना बालिका रहेका नेपाल प्रहरीले जनाएको हो ।

मृत्यु हुनेमा सिन्धुपाल्चोकमा ५ जना, डोटीमा ४ जना, रोल्पा र गोरखामा तीन–तीन जना, चितवन, तनहुँ, प्युठान, धादिङ, म्याग्दी, दाङ र रौतहटमा दुई–दुई जना, ललितपुर, मकवानपुर, सर्लाही, खोटाङ, सप्तरी, काभ्रे, सिन्धुली, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, पाँचथर, बझाङ र बाजुरामा एक–एक जना छन् ।

बाढीपहिरोमा परी २७ जना बेपत्ता भएका छन् । तीमध्ये १७ जना पुरुष, ६ जना महिला, तीन जना बालक र एक जना बालिका छन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा २० जना, चितवनमा तीन जना, पर्वतमा दुई जना तथा बाजुरा र बाग्लुङमा एक–एक जना छन् ।

बाढीपहिरोमा परेका एक हजार दुई सय ५० जनाको विभिन्न ठाउँबाट उद्दार गरिएको छ । उद्धार गरिएकामध्ये मनाङमा छ सय ५६ जना, चितवनमा चार सय दुई जना, सिन्धुपाल्चोकमा एक सय २३ जना, दोलखामा ३५ जना, लमजुङ र सल्यानबाट आठ–आठ जना, जाजरकोटमा सात जना, गोरखा र दाङमा चार–चार जना र कञ्चनपुरमा तीन जना छन् ।

प्रतिक्रिया दिनुहोस्