काठमाडौं । नेपाल प्रहरीका चार जना एआइजीको सरुवा तथा एकको पदस्थापन भएको छ । बिहीबार बढुवा भएका एआइजी सहुकल बहादुर थापालाई मानवस्रोत तथा प्रशासन विभागमा पदस्थापन भएको छ ।
त्यस्तै, महानगरीय प्रहरी कार्यालयमा एआइजी प्रद्युम्न कार्कीको सरुवा भएको छ भने प्रहरी एकेडेमीमा विश्वराज पोखरेललाई पठाइएको छ । कार्यमा हरि पाल तथा अपराध अनुसन्धान निरज शाहीको सरुवा भएको छ । पाल र शाही अहिलेका सबैभन्दा सिनियर एआइजी हुन् । उनीहरुलाई काम नहुने विभागमा लगेर जुनियर एआइजीलाई महत्वपूर्ण विभागको जिम्मेवारी दिइएको भन्दै संगठनमा असन्तुष्टि देखिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री निरिह भन्दा यस्तो बेथिती देखिएको एक प्रहरी अधिकारी बताउँछन् ।
बिहीबारकै मन्त्रिपरिषद्को बैठकले सरुवा गरेको हो ।