Logo
Logo

अमेरिकाले १५ लाख डोज खोप नेपाललाई दिने घोषणा


दृष्टि संवाददाता

1k
Shares

काठमाडौं । अमेरिकाले आउँदा केही दिनमा १५ लाख भन्दा बढी नेपालीलाइ पुग्ने गरी कोभिड १९ को खोप उपलब्ध गराउने भएको छ ।

नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले आज आफ्नो फेसबुक पेज मार्फत सो कुराको जानकारी जानकारी गराएका हुन् ।

उनले सन्देशमा लेखेका छन्, ‘आउँदा केही दिनमा अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्नेगरी कोभीड १९ खोप निशुल्क उपलब्ध गराउंदैछ। नेपाल-अमेरिका साझेदारीको ७३ बर्ष लामो यात्रामा यो मेरो लागि अत्यन्तै खुशीको क्षण हो। अमेरिका सदैव नेपालीहरूको साथमा छ र नेपालीको जीवनस्तर सुधारमा निरन्तर काम गरीरहनेछ ।’

प्रतिक्रिया दिनुहोस्