Logo
Logo
माधवलाई प्रचण्डको सुझाव

‘ओलीबाट धोका पाउनुहोला, ख्याल गर्नुस्’


दृष्टि संवाददाता

9.9k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवर्ता भएको छ ।

शनिबार वरिष्ठ नेता नेपालको निजी निवास कोटेश्वर पुगेरका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले धोका दिन सक्ने भन्दै चनाखो हुन सुझाव दिए ।

प्रचण्डले ओली विश्वासयोग्य नेता नभएको भन्दै उनको भर नपर्न नेता माधवसँग आग्रह गरेका थिए । प्रचण्डले माधवलाई भनेका थिए– ‘ओलीजी विश्वासयोग्य नेता होइन। जहाँ जतिबेला पनि धोका हुन सक्छ । यसमा चाहिँ ख्याल गर्नुस् ।’

दाहालले नेपाललाई पाँच दलीय गठबन्धनबाट यताउता नलाग्न समेत आग्रह गरे । जवाफमा नेता नेपालले आफू निकटका नेताहरूसँग छलफल गरेर अघि बढ्ने बताएका थिए । विपक्षी गठबन्धनको पछिल्लो बैठक समेत माधव नेपाल सहभागी भएपछिमात्र बस्ने भनेर रोकिएको छ ।

वरिष्ठ नेता नेपालले ओलीसँग मिल्न पार्टीमा सांगठानिक र राजनीतिक निर्णय गर्दा आफ्नो पनि ओलीसरह हस्ताक्षर चल्ने गरि पावर शेयरिङ हुनुपर्ने शर्त राखेका छन् । त्यसमा भने कार्यदलले केही गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्