Logo
Logo
एमाले विवाद

एकताको प्रयास : ओली र माधवमै अड्कियो हलो

नेता नेपाललाई पार्टीको दोस्रो अध्यक्ष दिन तयार होलान् ओली ?


दृष्टि संवाददाता

14.2k
Shares


काठमाडौं । नेकपा एमाले मिलाउन बनेको कार्यदलले विवाद सहमति नजिक बताउँदै आएको छ । तर, अझैपनि अध्यक्ष केपी ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच सहमति हुन सकेको छैन । ओली र नेपालले आफ्नो अडान नछाडेपछि सहमति निष्कर्षमा पुग्न नसकेको हो ।

पार्टीको आन्तरिक एकता कायम गर्न कार्यदलले तयार पारेको मस्यौदाप्रति वरिष्ठ नेता नेपालले असहमति जनाएका छन् । उनले अध्यक्ष ओलीको एकल अधिकार रहनेगरि एकताको नहुने बताउँदै आएका छन् । ओलीले आफू अनुकुल हुनासाथ धोखा दिने नेता नेपालको आशंका छ । त्यसैले मस्यौदामा एक बुँदा थपेर पार्टीको दोस्रो अध्यक्ष रहने कुरा उल्लेख गरेमात्र सहमत हुने नेता नेपालको अडान छ । तर, विधानमै नरहेको दोस्रो अध्यक्षको कुरा आएपछि कार्यदल अप्ठ्यारोमा परेका छन् ।

कार्यदलले विवाद समाधान गरी सहमतिको टुंगो लगाउन नसक्ने भएपछि अध्यक्ष ओली र नेता नेपालबीच नै वार्ता हुनुपने अवस्था आएको छ । ओली पक्षका कार्यदल एक सदस्यका अनुसार कार्यदलले सबै विवाद समाधान उत्कर्षमा प्र्याएको छ । तर, ओली र नेपालको केही अडानले हला अड्किएको हो । नेता नेपालले कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्मथन गरी सर्वोच्चमा बुझाएको हस्ताक्षर कुनै पनि हालतमा फिर्ता नहुने अडान लिएका छन् । तर, ओलीले जसरी पनि हस्ताक्षर फिर्ता हुनुपर्ने बताउँदै आएका छन् ।

अध्यक्ष ओलीले आफू पक्षधर वार्ता टोली सदस्यहरुलाई दोस्रो अध्यक्षमा सहमति दिएमा तत्कालै एमालेको आन्तरिक एकता टुंगिने नेताहरु बताउँछन् । नेपालले पार्टीमा अध्यक्ष ओलीले विधि पद्दति मिचेर स्वेच्छारी निर्णय गर्ने भएकाले संस्थागत ढंगले चलाउन आफ्नो समेत हस्ताक्षरमा सबै निर्णय हुनुपर्ने विषयलाई प्रमुखताका साथ उठाएका छन् ।

प्रतिक्रिया दिनुहोस्