काठमाडौं । नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ । अहिले साँझ ४ बजे बस्नेगरी बैठक बोलाइएको नेता शेरबहादुर तामाङले जानकारी दिए ।
पार्टीभित्रको विवाद मिलाउन गठित कार्यदलको बैठक जारी रहेकै बेला अध्यक्ष केपी शर्मा ओलीले स्थायी समितिको बैठक बोलाएको हो । अहिले कार्यदलको बैठक सिंहदरबारमा जारी छ । यसअघि, कार्यदलले तयार गरेको सहमतिको मस्यौदालाई एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अस्वीकार गरेका थिए ।