Logo
Logo

जसपा खारेज गर्न माग गर्दै ठाकुर समूहद्वारा सर्वोच्चमा रिट


दृष्टि संवाददाता

630
Shares

काठमाडौं । जनता समाजवादी पार्टी खारेज गर्न माग गर्दै महन्थ ठाकुर समूहले सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

संविधान विपरित दुई पार्टीको एकिकरण गरिएको भन्दै तत्कालिन राष्ट्रिय जनता पार्टीका उपाध्यक्ष राजकुमार थापाले सर्वोच्चमा रिट दायर गरेका हुन् । रिटमा भनिएको छ– ‘संविधान विपरित गरिएको दल एकिकरण गर्ने निर्णय खारेज गरी नियम ४९ अन्तर्गत अन्तरिम आदेश समेत पाउन निवेदन गर्दछौं ।’

पछिल्लो समय बढेको विवादले जसपा विभाजनको संघारमा पुगेको छ । निर्वाचन आयोगले अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुर समूलाई आयोगमा बोलाएर छलफल गरेको थियो । तर, विवाद समाधान हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्