काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ताको तयारी भएको छ ।
एमालेको आन्तरिक विवाद समाधान गर्न कार्यदलबीच १० बुँदे सहमति भएको र उक्त प्रस्ताव अनुमोदनलगायत विषयमा छलफल गर्न ओली—नेपालबीच भेटवार्ताको तयारी छ ।
अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ताको तयारी रहेको नेता सुवास नेम्वाङको भनाई छ । उनले भने, ‘हामीले तपाईंहरू भेटेर कुरा गर्नुस् भनेका छौं। उहाँहरू कतिबेला भेट गर्नुहुन्छ समय टुंगो भइसकेको छैन,’
एमालेले आइतबारका लागि बोलाएको स्थायी कमिटी बैठक आजसम्मका लागि स्थगित गरेको थियो । पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार मंगलबार बस्ने गरी केन्द्रीय कमिटी बैठक पनि बोलाइएको छ ।
यो पनि…