Logo
Logo

विपक्षी गठबन्धनको छलफल कोटेश्वरमा, भीम रावल बालुवाटारमा


दृष्टि संवाददाता

12.8k
Shares

काठमाडाैं । एमाले विवाद मिलाउन गठित कार्यदलका सदस्य एवं माधव नेपाल पक्षका नेता भीम रावले बालुवाटार पुगेका छन् ।

साेमबार सर्वाेच्च अदालतले प्रतिनिधिसभा ब्युँताउने फैसला गरेसँगै नेपाल निवास काेटेश्वरमा विपक्षी गठबन्धन छलफलमा रहँदा नेपाल पक्षका नेता रावल भने बालुवाटार पुगेका हुन् ।

१३ घण्टा लामाे छलफलपछि पार्टीभित्रकाे विवाद मिलाउन १० बुँदे सहमित गरेकाे कार्यदलकाे सहमति भत्किन नदिन रावल बालुवाटार पुगेका हुन् ।

खासमा उनी  नेकपा एमाले स्थायी कमिटीको पूर्वनिर्धारित बैठकमा भाग लिन बालुवाटार पुगेका हुन् । अदालतको फैसलापछि विकसित घटनाक्रमलाई लिएर पार्टीमा विकसित सहमति भाँडिन नदिन निर्धारित स्थायी कमिटी बैठक स्थगित गर्न माधव नेपाल निकट केही नेताहरूले आग्रह गरेका छन् ।

वार्ता कार्यदलले हस्ताक्षर गरेर तयार पारेको सहमतिको मस्यौदा पारित गर्न साँझ बोलाइएको बैठक थप छलफलपछि राख्न आग्रह गरिएको छ । तर, रावलकाे बालुवाटार उपस्थितिलाई अर्थपूर्ण मानिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्