Logo
Logo

विपक्षी गठबन्धनबाट माधव नेपाल समूह बाहिरियाे


दृष्टि संवाददाता

33.5k
Shares

काठमाडाैं । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल समूह विपक्षी गठबन्धनबाट बाहिरिएको छ। 

संसद पुनर्स्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि बसेको गठबन्धनको बैठकमा एमाले वरिष्ठ नेता माधव नेपालले गठबन्धनबाट बाहिरिने बताएका हुन् ।

अहिलेसम्म लोकतन्त्र र संविधानको रक्षाका लागि आफूले साथ दिएको र अहिले परिस्थिति फेरिएकाले गठबन्धनमा रहन नसक्ने जानकारी गराएको नेपाल पक्षीय नेता रघुजी पन्तले जानकारी दिए। 

बैठकमा नेता माधवकुमार नेपालले एमाले पार्टी एकताको लागि क्रियाशील हुने बताएका थिए । प्रधानमन्त्री ओलीले गत पुस ५मा प्रतिनिधिसभा विघटन गरेपछि नेता नेपाल, पुष्पकमल दाहाल, कांग्रेसबीच गठबन्धन भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्