काठमाडौं । नेकपा एमालेका अध्यक्ष अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाएका बनाएका छन् ।
आज दिउँसो १ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बताए ।
एमालेले आजका लागि केन्द्रीय कमिटी बैठकसमेत राखेको थियो । तर स्थायी कमिटी बैठक बसेपछि केन्द्रीय कमिटी कहिले बस्ने भन्नेबारे तय हुने तामाङको भनाई छ ।
यस्तै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पनि स्थायी कमिटी बैठकमा जान सक्ने सम्भावना बढेको छ । नेता नेपालले सोमबार विपक्षी गठबन्धनको छलफलमा आफू अब विपक्षी गठबन्धनमा रहिरहन नसक्ने बताएका छन् । एमालेमा एकता अगाडि बढेको नेपालले बताएका थिए ।
एमालेमा देखिएको विवाद समाधान गर्न कार्यदलले १० बुँदे प्रस्ताव तयार पारेको थियो। उक्त प्रस्तावलाई स्थायी कमिटीबाट अनुमोदन गर्ने तयारी छ ।