Logo
Logo

‘जनादेश मेरो पक्षमा थियो, परमादेश शेरबहादुरजीको पक्षमा आयो’


दृष्टि संवाददाता

504
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनमत आफ्नो पक्षमा हुँदाहुँदै अदालतका कारण सत्ताबाटा बाहिरिनु परेको बताएका छन् ।

प्रधानमन्त्रीको रुपमा राष्ट्रको नाममा बिदाइ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनादेश आफ्नो पक्षमा हुँदा हुँदै सर्वोच्चको परामादेशबाट आफू हट्नु परेको बताएका हुन् ।

सम्बोधनका क्रममा भने ओलीले भने– ‘मेरो अटल विश्वास जनतामाथि हिजो पनि थियो र आज पनि छ । जनादेश मेरो पक्षमा थियो, तर परमादेश शेरबहादुरजीको पक्षमा आयो । परमादेशका कारण म सरकारको जिम्मेवारीबाट बिदा लिँदैछु ।’

प्रधानन्त्री ओलीले न्यायपालिकाले कार्यपालिकाको क्षेत्राधिकार मिचेर गलत परम्पराको बिकास गर्न खोजेको समेत आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्