Logo
Logo

वामदेव र नारायणकाजीसँग नेता नेपालको छुट्टाछुट्टै छलफल


दृष्टि संवाददाता

32.1k
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बुधबार पार्टी उपाध्यक्ष वामदेव गौतम र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसँग छुट्टाछुट्टै छलफल गरेका छन् । नेता नेपाललाई भेट्न गौतम र श्रेष्ठ बुधबार बिहान नेपाल निवास कोटेश्वर पुगेका थिए । केही समयको फरकमा कोटेश्वर पुगेको गौतम र श्रेष्ठसँग नेता नेपालले छुट्टाछुट्टै छलफल गरेका हुन् ।

उपाध्य गौतमसँग नेपालले समसामयिक राजनीतिक घटनाक्रम र पार्टीभित्रका विवाद समाधान गर्ने बारे कुराकानी गरेका थिए । अध्यक्ष केपी शर्मा ओली र नेता नेपाल पक्षका नेताहरूले आन्तरिक विवाद मिलाउन १० बुँदे प्रस्ताव तयार पारेका थिए । तर, उक्त प्रस्ताव अनुमोदन भइसकेको छैन ।

नेता नेपाल र श्रेष्ठबीच गठबन्धनबारे छलफल भएको स्रोतको भनाइ छ । तर, नेपालले सोमबार नै एमाले एकताका लागि आफू गठबन्धनबाट बाहिरिएको बताइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्