Logo
Logo

एआईजीको सरुवा राेक्न गृहमन्त्री खाणकाे निर्देशन


दृष्टि संवाददाता

210.3k
Shares

काठमाडाैं । केपी ओली नेतृत्वकाे सरकारले गरेको नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गृह मन्त्रालयले रोकेको छ ।

नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँडले अघिल्लो सरकारले गरेको एआईजी सरुवा कार्यान्वयन नगर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएका हुन् ।

मन्त्रालयले एआईजीहरुलाई पनि सरुवाको रमाना नलिन निर्देशन दिएको छ । ओली नेतृत्वकाे मन्त्रिपरिषदको असार २४ गते बसेको बैठकले एआईजीहरुको सरुवा गरेको थियो ।

ओली सरकारले महानगरीय प्रहरी कार्यालय रानीपोखरीका आयुक्त प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) हरिबहादुर पाललाई हटाइए प्रद्युम्न कार्कीलाई पठाइएको थियो । उनी प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा कार्यरत थिए । प्रतिष्ठानको प्रमुखमा एआइजी विश्वराज पोखरेललाई पठाइएको थियो ।

त्यस्तै, बिहीबार बढुवा भएका सहकुल बहादुर थापालाई मानव स्रोत तथा प्रशासन विभागको प्रमुखमा प्रशासन विभागका निरज बहादुर शाहीलाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्