Logo
Logo

प्रतिनिधिसभा सदस्य निर्वाचन कार्यतालिका रद्द


दृष्टि संवाददाता

0
Shares

काठमाडाैं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन कार्यतालिका रद्द गरेको छ।

सर्वाेच्च अदालतले प्रतिनिधसभा पुनर्स्थापना गरेसँगै आयोगले केपी ओली नेतृत्वकाे सरकारले घाेषणा गरेकाे प्रतिनिधिसभा सदस्य निर्वाचन कार्यतालिका रद्द गरेको हाे ।

“सर्वोच्च अदालतबाट असार २८ मा भएको आदेश बमोजिम २०७८ कार्तिक २६ गते पहिलो चरणमा र २०७८ मङ्सिर ३ गते दोस्रो चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ को लागि आयोगबाट असार २१ मा स्वीकृत भएको निर्वाचन कार्यतालिका रद्द गर्ने निर्णय गरेको छ”, आयोगद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्