Logo
Logo

सेयर बजारमा दोहोरो अंककाे वृद्धि


दृष्टि संवाददाता

63
Shares

काठमाडाैं । साताको तेस्रो दिन मंगलबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ। मंगलबार नेप्से परिसूचक १६ दशमलव ३४ अंकले उकालो लागेर २ हजार ८ सय ७१ दशमलव ०३ को विन्दुमा उक्लिएको हाे ।

मंगलबार कारोबार रकम भने साढे पाँच अर्ब रुपैयाँ बढीको भएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ७४ अंकले बढेर ५ सय ३९ दशमलव ५२ को विन्दुमा पुगेको छ। नेप्से उपसमूहमा रहेका १३ वटामध्ये १२ वटामा हरियाली छाएको भने एउटामा मात्रै रातो पोतिएको छ।

यो दिन वित्त समूह सर्वाधिक ४ सय ०३ प्रतिशतले उकालो लागेको छ।

प्रतिक्रिया दिनुहोस्