Logo
Logo
देउवा-नेपाल भेट:

सरकारमा सहभागी हुन नेपाललाई देउवाको आग्रह


दृष्टि संवाददाता

8.1k
Shares

काठमाडाैं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।

नेपाल निवास कोटेश्वरमै पुगेर प्रधानमन्त्री देउवाले सरकार सञ्चालनमा सहयाेग चाहिएकाे भन्दै नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेका हुन् ।

यस्तै देउवाले विश्वासकाे मत दिन समेत छलफलमा नेपाललाई भनेका थिए । संसद् पुनःस्थापना गर्नमा महत्वपूर्ण भूमिका खेलेका नेता नेपाल समूहले विश्वासको मत दिएको अवस्थामा मात्रै देउवा सरकार पूर्ण कार्यकाल रहन्छ। तर, एमाले विवाद समाधानको प्रयास जारी रहिरहेका बेलामा देउवा प्रधानमन्त्री नियुक्त भइसकेपछि गठबन्धन छाडेर एकता जोगाउन लाग्ने प्रयत्न गरिरहेका छन्। 

प्रतिक्रिया दिनुहोस्