काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ । प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाएका थिए । तर देउवाको व्यस्ततापछि बैठक स्थगित गरिएको छ ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार शुक्रबार दिउँसो २ बजे बैठक बस्ने तय भएको छ । १४ औं महाधिवेशन र क्रियाशील सदस्यताबारे देखिएका विवादबारे र सरकारमा सहभागी हुने मन्त्रीहरूबारे पनि छलफल गर्ने तयारी थियो ।
कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्की कानुन मन्त्री भएका छन् । अन्य मन्त्रीहरू छान्न देउवालाई सकस छ ।
मुख्यसचिव पौडेलका अनुसार मुख्यतः १४ औं महाधिवेशन केन्द्रित बैठक बस्न लागेको छ । कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने भनेको छ ।