Logo
Logo

लामो दूरीको यातायात सञ्चालन गर्ने तयारी


दृष्टि संवाददाता

1.3k
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा फेरि थप्ने तयारी भएको छ । लामो दूरीको सार्वजनिक यातायात खुल्ला गर्दै उपत्यकामा फेरि निषेधाज्ञा थप्ने तयारी गरिएको हो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज दिउँसो १ बजे बसेर निर्णय हुने जानकारी दिए ।

लामो दुरीका सार्वजनिक यातायात खोल्ने या नखोल्ने भन्नेमा आज निर्णय हुने भट्टराईले बताए । हवाइ उडानसमेत खुलेपछि यातायात व्यवसायीले लामो दूरीका गाडी खुलाउन दबाब दिँदै आएका छन् ।

फेरि कोरोना संक्रमण बढ्दै गएपनि खोप लगाउने क्रम पनि बढेकाले अझै खुकुलो बनाएर जनजीवनसँगै आर्थिक जीवन पनि सहज बनाउने भन्नेमा तीने जिल्लाका प्रजिअहरु एकमत छन् । तर यसको आधिकारिक निर्णय काठमाडौँ जिल्ला प्रशासनमा आज बस्ने बैठकले टुंगो लगाउनेछ ।

काठमाडौँ उपत्यकाभित्र २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक यातायात यसअघिबाटै चलिरहेका छन् । बैशाख १६ गते देखि जारी निषेधाज्ञा असार ३१ गते (आज) राति १२ बजे सकिंदै छ ।

प्रतिक्रिया दिनुहोस्