काठमाडौं । काठमाडौं उपत्यकाका जिल्ला प्रमुख अधिकारी (सिडिओ)को बैठक बस्दैछ । विहीबार दिउँसो १ बजे काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओबीच निषेधाज्ञाबारे निर्णय लिन बैठक बस्न लागेको हो ।
काठमाडौंका सिडिओ कालीप्रसाद पराजुली, ललितपुरका सिडिओ ढुण्डीप्रसाद निरौला र भक्तपुरका सिडिओ प्रेमप्रसाद भट्टराईबीच साउन १५ गतेसम्म निषेधाज्ञाको थप्ने तयारी भइरहेको छ ।
काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि जारी गरिएको निषेधाज्ञाको अवधि आज राति १२ पछि सकिँदैछ । भक्तपुर प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईअनुसार उपत्यका बाहिर जाने-आउने लामो तथा छोटो दूरीका सार्वजनिक यातायात पनि खोल्ने विषय छलफल हुनेछ ।
यसअघि उपत्यका आउने–जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातका साधनलाई पासको व्यवस्था गरिएको थियो । काठमाडौँ उपत्यकाभित्र २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक यातायात यसअघिबाटै चलिरहेका छन् । बैशाख १६ गते देखि जारी निषेधाज्ञा असार ३१ गते ९आज० राति १२ बजे सकिंदै छ ।