Logo
Logo

नेप्सेमा दोहोरो अंकको वृद्धि


दृष्टि संवाददाता

0
Shares

काठमाडाैं ।  साताको अन्तिम दिन सेयर बजारमा ११ अंकको सुधार आएको छ। नेप्से सूचक ११ अंकले बढेर २ हजार ८ सय ८३ बिन्दुमा पुगेको छ। कारोबार रकम समेत बढेर ८ अर्ब रुपैयाँ नाघेको छ। यो मध्ये म्युचअल फण्डको मात्रै करिब एक अर्ब रुपैयाँको कारोबार भएको छ।

नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये सात वटामा हरियाली छाएको छ भने ६ वटामा रातो पोतिएको छ। आज वित्त समूह सर्वाधिक २.३९ प्रतिशतले उकालो लागेको छ।

जलविद्युत समूह १.९८ प्रतिशतले बढेको आज बैंकिङ समूहमा ०.३५ प्रतिशत, लघुवित्त समूहमा ०.८९ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.४५ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.२६ प्रतिशत र व्यापार समूहमा ०.७८ प्रतिशतले वृद्धि भएको छ।

आज होटेल तथा पर्यटन समूह सर्वाधिक १.४३ प्रतिशतले ओरालो लागेको छ। बिहीबार नेप्सेमा सूचीकृतमध्ये दुई सय २३ कम्पनीका ५ करोड ८५ लाख २ हजार १०९ कित्ता सेयर आठ अर्ब १४ करोड ३६ लाख १४ हजार ३०२.१९ रुपैयाँमा किनबेच भएका छन्। 

प्रतिक्रिया दिनुहोस्