Logo
Logo

क्रियाशील सदस्यता विवाद छिटाे समाधान गर्नुपर्ने पाैडेल पक्षकाे निष्कर्ष


दृष्टि संवाददाता

63
Shares

काठमाडाैं । नेपाली कांग्रेसका नेताहरूले पार्टीको क्रियाशील सदस्यता विवादलाई छिटो समाधान गर्नुपर्ने निष्कर्ष निकालेका छन् ।

कांग्रेसका महामन्त्री शशांक कोइरालाको निवासमा बिहीबार बसेको कांग्रेस नेताहरुको छलफलले केहि जिल्लामा क्रियाशिल सदस्यता विवाद भएको र यसलाई छानविन समितिले छिटो टुङ्गाउनुपर्ने निष्कर्ष निकालेको हो ।

हाल बारा र धनुषामा क्रियाशिल सदस्यतामा विवाद देखिएको छ भने उक्त जिल्लाका नेता तथा कार्यकर्ताले पार्टी कार्यालय सानेपामा धर्ना दिइरहेका छन् । छलफलपछि कांग्रेस नेता अर्जुन नरसिंह केसीले विवाद देखिएका जिल्लामा विवाद समाधान हुन नसके यसअघिकै क्रियाशिल सदस्यता सूचीलाई मान्यता दिनुपर्नेमा एकमत रहेको बताए ।

उनले तोकिएको समयमा महाधिवेशनमा जुट्न अपिल गरिएको जानकारी दिए । केसीले कांग्रेस नेतृत्वको सरकारलाई सफल बनाउन सवै लाग्नुपर्ने बताए । सरकारमा सहभागी हुने अन्य नेताहरुको बिषयमा कुनै निर्णय नभएको उनको भनाइ छ ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शेखर कोइराला, अर्जुननरसिंह केसी लगायतका नेताहरुकाे सहभागिता थियाे ।

प्रतिक्रिया दिनुहोस्