Logo
Logo

माउण्ट रसुवा हाइड्रोपावर प्रालि मिदिम–१ जलविद्युत आयोजनामा लक्ष्मी बैंकले लगानी गर्ने


दृष्टि संवाददाता

252
Shares

काठमाडौं । माउण्ट रसुवा हाइड्रोपावर प्रालि गण्डकी प्रदेशको लमजुङ जिल्लाको कव्होलासोथार र मस्र्याङदी गाँउपालिकाहरुमा अवस्थित मिदिम खोलामा निर्माण गर्ने १३।४२४ मेगावाटको मिदिम खोला–१ जलविद्युत आयोजनाको लागि लक्ष्मी बैंक लिमिटेडले कर्जा लगानी गर्ने गरी २०७८ असार ३० कर्जा सुविधा सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । उक्त आयोजनाको निर्माण लागत जम्मा २ अर्ब ९३ करोड ८२ लाख रुपैयाँ रहेको छ ।

माउण्ट रसुवा हाइड्रोपावर प्रालि र नेपाल विद्युत प्राधिकरणबीच विद्युत खरिदसम्बन्धी सम्झौता २०७५ साल माघ ७ गते भएको र उक्त आयोजना निर्माणको लागि ऊर्जा मन्त्रालयबाट २०७७ साल कात्तिक ३ गतेका दिन विद्युत् उत्पादन अनुमति प्राप्त गरेको छ । माउण्ट रसुवा हाइड्रोपावरलाई रसुवा कन्स्ट्रकशन प्रालिलगायत अन्य व्यक्तिहरुले प्रवद्र्धन गरेका छन् । सोको अध्यक्ष राजेन्द्रराज आचार्य रहेका छन् ।

बैंकहरुले आयोजना लागतको ७० प्रतिशत र वाँकी ३० प्रतिशत कम्पनीको स्व। लगानी रहनेछ । उत्पादन क्षमता १३।४२४ मेगावाट रहेको माउण्ट रसुवा हाइड्रोपावरले झण्डै ८३।१७ गेगावाट आवर विद्युते वार्षिकरुपमा उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने लक्ष्य राखेको छ । यस आयोजना जुलाई २०, २०२३ मा सञ्चालनमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्