काठमाडौं । नेपाली काँग्रेसको संसदीय दलका नेता तथा प्रधानमन्त्री शेरबहादुर देउवाले संसदीय दलको बैठक बोलाएको छन् । काँग्रेस सचेतक पुष्पा भुसालका अनुसार आइतबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक बोलाइएको हो ।
काँग्रेस सभापति तथा प्रधानमन्त्री देउवा प्रधानमन्त्री बनेपछि पहिलो पकट काँग्रेसको संसदीय दलको बैठक बस्न लागेको हो । देउवाले शुक्रबार बालुवाटारमा पदाधिकारी बैठक राखेका थिए ।
आइतबा दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभा बैठक बैठकका सन्दर्भमा छलफल गर्न संसदीय दलको बैठक बोलाइएको बताइएको छ । बैठक विश्वासको मत, सरकारको प्रभावकारिता र मन्त्री छनोट लगायतका विषयमा पनि छलफल हुने जनाइएको छ ।
साथै, काँगे्रेसको राष्ट्रिय महाधिवेशनको मिति समेत नजिकिँदै गएको छ । निर्धारित समयमै महाधिवेशन हुने भएपछि काँग्रेस नेताहरुको दौडधुप बढेको छ ।