काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेटवार्ता गरेका छन् । दुई नेताले शनिबार दिउँसो नेता नेपाल निवास कोटेश्वर भेटघाट गरेका हुन् । अध्यध्य प्रचण्ड नेपाललाई भेट्न दिउँसो १ बजे कोटेश्वर पुगेका थिए ।
नेता नेपाल र प्रचण्डबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको बताइएको छ । आइतबार प्रतिनिधिसभा बैठक बस्ने लागेकाले काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारबारे पनि उनीहरुबीच छलफल भएको बताइएको छ ।
यसअघि एमाले ओली पक्षले देउवा सरकारलाई समर्थन नगर्ने बताइसकेका छन् । त्यस्तै, जसपा ठाकुर पक्षले पनि ओलीसँगै सहकार्य गर्ने भन्दै देउवा सरकारलाई विश्वासको मत नदिने निर्णयमा पुगेको छ । तर, नेता नेपालले भने संसद बचाउनका लागि भएपनि देउवा सरकारलाई मत दिने अवस्थामा रहेको स्रोतको भनाइछ ।