काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्र निर्देशक समिति (सीसीएमसी)ले सर्तसहित लामो दूरीको सार्वजनिक यातायात सञ्चालनमा ल्याउन मन्त्रिपरिषदमा सिफारिस गरेको छ ।
संक्रमणको परिस्थिती हेरेर लामो रुटमा चल्ने यातायातलाई खुलाउन सुझावसहित सिफारिस गरिएको सीसीएमसी प्रवक्ता नूरहरि खतिवडाले जानकारी दिए । उनका अनुसार संक्रमण बढ्ने परिस्थिती आए पुनः यातायात बन्द गर्न सकिने गरी प्रस्ताव गरिएको छ । अब बस्ने मन्त्रिपरिषद बैठकले लामो दूरीको सार्वजनिक यातायात खुलाउनेबारे निर्णय हुनसक्ने उनको भनाइ छ ।