काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को आन्तरिक विवाद टुंग्याउन आज निर्वाचन आयोगले गठन गरेको इजलास बस्दैछ । जसपामा आधिकारिता विवाद चुलिँदै गएपििछ आयोगले इजलास गठन गरेको हो । आयोगका अनुसार इजलास अहिले ११ बजे बस्दैछ ।
इजलासमा पक्ष विपक्ष बीचको बहस सकिएपछि आयोगले आधिकारिकता सम्बन्धी विवादमा निर्णय गर्नेछ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठअनुसार आयोगको निर्णय कहिले आउँछ भन्ने बहसको भर हुनेछ ।
जसपाको आधिकारिकता सम्बन्धी विवाद निरुपणका लागि गत असार २३ गते प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरिएको थियो । यो इजलासले जसपाको नाम र निर्वाचन चिह्न कुन पक्षले पाउने भन्ने निर्णय लिनेछ । जसपाको उपेन्द्र–बाबुराम र महन्थ–राजेन्द्र पक्ष दुवैले आफूहरु आधिकारिक भएको दाबी गर्दै आएका छन् ।