Logo
Logo

प्रधानमन्त्री देउवाद्वारा विश्वासको मत लिन प्रस्ताव दर्ता


दृष्टि संवाददाता

1.5k
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनेगरी संघीय संसद सचिवालयमा प्रस्ताव दर्ता भएको छ । प्रधानमन्त्री देउवाले आज बस्ने प्रतिनिधिसभाको पहिलो बैठकमै विश्वासको मत लिन लागेका हुन् ।

कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालका अनुसार विश्वासको मत लिन सचिवालयमा प्रस्ताव दर्ता गराएको छ । कानूनमन्त्री ज्ञानेन्द्रवहादुर कार्कीद्वारा सभामुखमार्फत संसद सचिवालयमा दर्ता भएको हो । आजै बस्ने दोस्रो बैठकमा प्रधानमन्त्री देउवाले संविधानबमोजिम विश्वासको मत लिने सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए ।

देउवालाई विश्वासका मतका लागि प्रतिनिधिसभामा तत्काल कायम रहेको २ सय ७१ सांसदमध्ये १ सय ३६ जनाको समर्थन चाहिन्छ । जसमा कांग्रेस र माओवादीसँग १ सय १० सांसद रहेका छन् । जसपाको उपेन्द्र यादव पक्षका १२ जनाले देउवाको पक्षमा हस्ताक्षर गरेका थिए । अहिले यो संख्या बढेर १७ पुगेको यादव पक्षले जनाएको छ । त्यसो हुँदा प्रस्तावको पक्षमा १२७ सांसद हुन्छन् ।

राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल गठबन्धनमै छन् । त्यो अवस्थामा एमालेको माधव नेपाल पक्षका ८ जना सांसदले विश्वासको मत दिए देउवाको सरकार जोगिन्छ । माधव पक्षका २३ जना सांसदले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्