काठमाडौं । नेकपा एमालेका माधव पक्षकी सासंद रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनु आफनो कर्तव्य भएको बताएकी छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले भनेकी छन्, ‘हामी २३ जना निवेदककर्ताले भोट हाल्नु त हाम्रो कर्तव्य नै हो । हामीले विश्वासको मत पक्षमा हाल्नेछौँ ।’
एमालेको माधव पक्षको २३ जना सांसदले देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै अदालतमा मुद्दा हालेकाले पनि देउवाको पक्षमा मत दिनुपर्ने उनको दाबी छ ।
सामाजिक सञ्जालमा लेखेकी छन्, ‘हामीले ७६(५) को प्रमको लागि संघिय संसदका माननीय सदस्य शेरबहादुर देउवालाई समर्थन गरेका थियौँ । १४९ जनाको समर्थन हुँदा पनि राष्ट्रपतिबाट नियुक्ति नभएपछि १४६ जना सदस्यहरू सर्वोच्च अदालतको ढोका ढकढकाउन पुगेका हौँ ।’
उनले अदालतले परमादेशको आदेश जारी गरेपछि बनेको सरकार र प्रधानमन्त्रीलाई विश्वासको मत आफ्नो कर्तव्य भएस्को भन्दै भनेकी छन्े, ‘सकिन्छ नेकपा एमालेले संस्थागत निर्णय गरी फ्लोरमा बसेर विश्वासको मतको पक्षमा भोट हालौँ । त्यसो गर्न सकिँदैन भने सांसदहरूलाई संसदको पुरा कार्यकाल संचालन गर्न हामी सबैले विवेक प्रयोग गरी पक्षमा भोट हालौं ।’ प्रधानमन्त्री देउवाले आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिदैँछन् ।