Logo
Logo

झण्डै सय अंकले बढ्याे नेप्से, १२ अर्बकाे काराेवार


दृष्टि संवाददाता

1.1k
Shares

काठमाडाैं । नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन नेप्से परिसूचक करिब एक सय अंक बढेको छ भने कारोबार रकम पनि साढे ११ अर्ब नाघेको छ।

यस दिन नेप्से परिसूचक ९७ दशमलव २१ अंक बढेर २ हजार ९ सय ८० दशमलव ६१ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १९ दशमलव ५५ अंक बढेर ५ सय ६० दशमलव ९६ विन्दुमा पुगेको छ। यता, फ्लोट इण्डेक्स ७ दशमलव ६६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ७ दशमलव ७८ अंक बढेको छ।

नेप्से सूचकसँगै यस दिन कारोबार रकममा पनि सुधार भएको छ। यस दिन २२१ कम्पनीको १ लाख १६ हजार २९४ पटकको कारोबारमा ११ अर्ब ६३ करोड ८१ लाख २६ हजार रुपैयाँ बरबारको २ करोड ८८ लाख ६३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

प्रतिक्रिया दिनुहोस्