काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । सोमबार केन्द्रीय कमिटी बैठक स्थगित भएलगत्तै स्थायी कमिटी बैठक बोलाएको हो । बैठक अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा अहिले ३ बजे बस्दैछ ।
सोमबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने आफ्नो पार्टीका २२ जना सांसदलाई अनुशासनको कारबाहीका निम्ति २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
त्यस्तै, एमाले एकता कार्यदलले प्रस्ताव गरेको १० बुँदे सहमतिलाई ग्रहण गर्ने निर्णय गरेको थियो । तिनै निर्णयबारे छलफल गर्न केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्न स्थायी कमिटी बस्न लागेको बताइएको छ ।