Logo
Logo

गण्डकीमा आज मन्त्रीपरिषद बिस्तार गरिँदै


दृष्टि संवाददाता

1k
Shares

काठमाडौं । गण्डकी प्रदेशमा आज मन्त्रिपरिषद बिस्तार गरिने भएको छ । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले अहिलेसम्म मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका थिएनन् । उनी जेठ २९ मा मुख्यमन्त्री बनेका थिए ।

कांग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी, जसपाबाट हरिशरण आचार्य र स्वतन्त्र सांसद राजिब गुरूङलाई भने यसअघि नै उनले मन्त्री बनाइसकेका थिए ।

गण्डकीमा शुक्रबार दिउँसो मन्त्रिमण्डल बिस्तार गर्ने कार्यक्रम रहेको छ । माओवादीबाट थप ३ जना मन्त्री हुँदैछन् । अर्थ मन्त्रीमा माओवादीले रामजी बराललाई बनाउन पठाउने भएको छ ।

वन मन्त्रीमा दीपक घर्ती र कृषि मन्त्रीमा चन्द्रबहादुर बुढाले सपथ लिने तयारी छ । यसअघि माओबादीबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा मधुमाया अधिकारी नियुक्त भएकी थिइन् ।

आज दिउँसो १ बजेसम्म मन्त्रिमण्डल बिस्तार गरी आजै मन्त्रीहरूको सपथ गर्ने सम्भावना छ । गण्डकीमा नेकपा एमालेबाहेक अरू दलको गठबन्धनबाट सरकार बनेको छ । मुख्यमन्त्री नेपालीलाई विश्वासको मत दिएको राष्ट्रिय जनमोर्चा भने सरकारमा गएको छैन ।

एमाले प्रमुख प्रतिपक्षमा छ । पृथ्वीसुब्बा गुरूङको सरकार ढालेर तत्कालीन विपक्षी गठबन्धनले नयाँ सरकार बनाएका थिए । आन्तरिक किचलोका कारण एक महिना भइसक्दा पनि पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको थिएन ।

यसबीचमा मुख्यमन्त्री पोखरेल काठमाडौं आएर गठबन्धनका दलसँग छलफल गर्दै मन्त्रिमण्डल बिस्तारमा सहजीकरण गरिदिन कांग्रेसका सभापति शेरबहादुर देउवालगायतसँग आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्